
मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सामेल हुँदै-सुनिता उद्योग मन्त्री बन्ने
- माघ २३, २०७९ मा प्रकाशित

कासिन न्यूज,
२३ माघ,जनकपुरधाम ।
मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र मंगलबार देखी सहभागी हुने भएको छ । उद्योग वन तथ पर्यटन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा जान लागेको हो ।
माओवादी केन्द्रबाट सुनिता यादव सो मन्त्रालयको मन्त्री र रहबर अंशारी राज्यमन्त्री हुने तय भएको माओवादी स्रोतले जनाएको छ । माओवादी संसदीय दलका नेता भरत प्रसाद साह पुनः मन्त्री बन्ने चर्चा चलेपनि एक मन्त्रालय मात्र पाउँदा सुनिता यादव मन्त्री बन्ने तय भएको हो ।
उनी सहिद रामवृक्ष यादवकी छोरी हुन् । प्रचण्डकै निर्देशनमा यादव मन्त्री बन्न लागेकी हुन् ।माओवादीले मधेश प्रदेशमा दुई मन्त्रालय पाउने करिबकरिब सहमति थियो ।
जसमा एउटामा भरत प्रसाद साह र अर्कोमा सुनिताको नाम चर्चामा थियो । तर, एक मन्त्रालय मात्र जसपा नेतृत्वको सरकारले दिन खोजेपछि सो मा सुनिता मन्त्री बन्ने तय भएको हो । सुनिता समानुपातिक प्रणालीबाट संसद बनेकी हुन् ।
१० मध्ये ९ मन्त्रालय जसपा, एमाले र जनमतले भागबण्डा गरिसकेका छन्। मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीको लागि एक मात्र उद्योग वन तथा पर्यटन मन्त्रालय आफूसँग राखेका छन् । भरत यसअघि पनि प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्री थिए ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
लोकप्रिय बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
लोकप्रिय चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
Comments