सम्पादकीय > रवि जी पानी माथीको उभानो नबन्दा राम्रो
- माघ २४, २०७९ मा प्रकाशित
२४ माघ ।
नेपाली राजनीतिको नक्षत्रमा आक्समत उत्पन्न भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आगमनले नेपाली राजनीतिमा जुन प्रकारको तरंग उत्पन्न भएको थियो । त्यसको जोडघटाउ पनि गर्न नपाउँदै सत्ता र पार्टीबाट बिमुख भएका थिए उनी ।
रविको कथनबाट तत्कालका लागि राजनीतिक क्षति भएको छ । एक महिनामै मास्क खोलेर, आफ्नो छद्मछवि भत्काएर रविले राम्रो काम गरेका छन् । स्टन्टबाज, घृणाप्रसारक तथा नायकहरूबाट मुक्ति खोज्ने यो सुन्दर अवसर पनि हो । नेता माथिबाट, गालीगलौजबाट, सोसल मिडिया, मिडियाबाट, चमत्कारबाट जन्मिँदैन भन्ने बुझाएका छन् ।
नेता भुइँबाट, शिक्षाबाट, चेतनाबाट, लोकतान्त्रिक संस्कारबाट, श्रमबाट, सपनाबाट, योजनाबाट, शिष्टशैलीबाट, सेवाबाट र इमानबाट जन्मिन्छ भन्ने अब त नेपालीले बुझ्नुपर्छ ।
अहिले त्यहि बिमुखतालाई सहन गर्न नसकी भनौ वा सत्ता र शक्तिको मोहमा फस्न पुगेर हो लामिछानेका आँखा रसिला भएका छन् । कुनै समय सञ्चारमाध्यम मार्फत दुनियाँलाई गालीको भकारी भर्ने बानी लागेका लामिछाने अहिले त्यही सञ्चार माध्यमको र यसका मालिकहरुको उछितो काढ्न थालेका छन् । सरकारबाट बाहिरीए सँगै जसरी रविले पत्रकार सम्मेलन मार्फत आफना अभिब्यक्ति प्रकट गरे । त्यसले रवि कस्तो तन्तु हुन् भन्ने कुराको यर्थातता प्रष्ट्याएको पनि छ ।
लोकतन्त्रको बिजारोपण भएको हाम्रो जस्तो अल्पबिकसीत मुलुकमा भर्खर मात्र वाक स्वतन्त्रताको प्रतिध्वनी गुन्जिन थालेको छ । यहि वाक स्वतन्त्रताको भरपूर प्रयोग नेपाली राजनीतिको बजारमा भर्खर मात्र पाइला राखेका रविले गरे । जुन स्वतन्त्रता उनको लागि त्यति मजबुत होला जस्तो लाग्दैन् ।
नेपाली राजनीतिका एक लहरले जसरी रविलाई बिश्वास गरेका थिए । त्यो पनि अब बिस्तारै हराउने स्थितीमा पुग्न थालेको छ । भनौ अब त्यो हराई नै सकेको छ ।
नेपाली बन्ने अधिकार बाट बञ्चित भएका लामिछानेले जसै दोस्रो पटक नेपाली बन्ने अवसर पाए । त्यो सँगै लामिछानेमा सत्ता र शक्ति बिना बाच्न नसक्ने जस्तै पानी बिनाको माछो बनाएको छ । जुन कुरा अहिले नेपालबाट प्रकाशीत हुने समाचार पत्र देखी अनलाइन सञ्चारको लागि खुराक पनि बनेको थियो । आफू बिरुद्ध लागेका सञ्चार माध्यम बेतुकको गाली गलौचमा उत्रिएका रवि जस्तो राज्यको जिम्मेवार पदमा बसिसकेको पात्रले व्यक्ति÷व्यक्तिविरुद्ध विषवमन गर्नु र त्यसैको जयजयकार हुनुले नेपाली समाजको अधोगतिको संकेत गर्छ । पत्रकारलाई, मिडिया मालिकलाई प्रश्नै गर्नुहुन्न कसैले भनेको छैन र भन्न पनि मिल्दैन । तर, बजार हल्लालाई प्रमाण जसरी सयौँ मिडियासामु प्रस्तुत गर्नु आपत्तिजनक छ । आरोप लागेका संस्था र पात्रले ती विषयमा मुख नखोल्नु पनि आपत्तिजनक छ । पत्रकारितालाई सफासुग्घर राख्न चाहनेले आफूबारे छानबिनको माग गर्न वा मानहानीको मुद्दा चलाउने हिम्मत गर्न सक्नुपर्छ ।
गृहमन्त्रालयमा बसेर व्यक्तिका सामाजिक सञ्जाल र फोनको प्रमाण देखाउँछु भन्नु व्यक्तिगत गोपयनीयतामाथि खेलबाड हो । जम्माजम्मी महिना दिन मन्त्रालयमा बस्दा रविले के गरे ? व्यक्तिका सूचना संकलन गरे कि निर्मला कुर्मीलाई न्याय दिए ? प्राइभेट स्पेसमा हुने कुरालाई सार्वजनिक गर्छु भनेर धम्की दिएर उनले आफूमाथिका प्रश्न र आरोप लुकाउन खोजेका छन् । धम्कीको भाषा बोल्ने यस्ता व्यक्तिबारे तुरुन्त छानबिन हुनुपर्छ । त्यसैले आफू सँग प्रश्न गर्ने ल्याकत रविमा हुनुपर्छ । नत्र पानी माथिको उभानो बन्न नखोज्नु राम्रो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments