
अर्थतन्त्र
चालु आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरुको कर्जा लगानीमा बृद्धि
- फाल्गुन ४, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९/८० को सात महिना अर्थात् साउनदेखि माघ महिनासम्ममा वाणिज्य बैंकहरूको कुल कर्जा लगानी २.७५ प्रतिशतले वृद्धि भएको छ। असारअन्त्यमा कर्जा लगानी ४१ खर्ब ७४ अर्ब रूपैयाँ रहेकोमा माघ अन्त्यमा ४२ खर्ब ९० अर्ब रूपैयाँ पुगेको हो।
सबैभन्दा धैरै व्यवसाय बढाउने बैंकमा नेपाल एसबिआई बैंक अग्रस्थानमा रहेको छ। गत असारअन्त्यमा एक खर्ब १६ अर्ब कर्जा लगानी गरेको यस बैंकले माघअन्त्यमा एक खर्ब २३ अर्ब रूपैयाँ लगानी पुगेको छ। एसबिआई बैंकको कर्जा लगानीमा ११.६९ प्रतिशतले वृद्धि भएको हो।
नेपाल एसबिआइपछि नेपाल एभरेष्ट बैंकको कर्जा लगानीमा ५.७ प्रतिशतले वृद्धि भएको छ। गत असारअन्त्यमा एक खर्ब ५४ अर्ब कर्जा लगानी गरेको यस बैंकले माघअन्त्यमा एक खर्ब ६३ अर्ब रूपैयाँ लगानी पुगेको छ।
गत असारअन्त्यमा एक खर्ब ८२ अर्ब कर्जा लगानी गरेको एनएमबी बैंकले माघअन्त्यमा एक खर्ब ९१ अर्ब रूपैयाँ लगानी पुगेको छ। बैंकको ५.२३ प्रतिशतले लगानी बढेको हो।
त्यस्तै, एनआइसी एशिया बैंकको कर्जा लगानीमा पनि ५.१५ प्रतिशतले बढेको छ। माघअन्त्यमा बैंकको कर्जा लगानी दुई खर्ब ८२ अर्ब रूपैयाँ लगानी पुगेको छ। असारअन्त्यमा बैंकको कर्जा लगानी दुई खर्ब ६८ अर्ब रूपैयाँ थियो।
नबिल बैंकको पनि कर्जा लगानी ४.७४ प्रतिशतले वृद्धि भएर तीन खर्ब २३ अर्ब पुगेको छ। बैंकले गत असारअन्त्यमा तीन खर्ब नौ अर्ब कर्जा लगानी गरेको थियो।
त्यस्तै, यो सात महिनाको अवधिमा वाणिज्य बैंकहरूको कुल निक्षेप संकलन ३.८४ प्रतिशतले बढेर ४७ खर्ब ४१ अर्ब रूपैयाँ पुगेको छ। गत असारमा बैंकहरूको निक्षेप ४५ खर्ब ४१ अर्ब रूपैयाँ थियो।
राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन सबैभन्दा धेरैले बढेको हो। बैंकले असारमा दुई खर्ब ५६ अर्ब निक्षेप संकलन गरेकोमा माघसम्ममा दुई खर्ब ९२ अर्ब रूपैयाँ पुगेको छ। त्यसपछि नेपाल एसबिआई बैंकको निक्षेप वृद्धि सबैभन्दा धेरै छ। बैंकको निक्षेप संकलन १२.३८ प्रतिशतले बढेर एक खर्ब ३४ अर्ब रूपैयाँ पुगेको छ।
नेपाल बैंकको निक्षेप संकलन भने ११ प्रतिशतले बढेको छ। गत असारमा एक खर्ब ९७ अर्ब रूपैयाँ निक्षेप संकलन गरेको बैंकले माघ अन्त्यमा दुई खर्ब १८ अर्ब रूपैयाँ संकलन गरेको हो।
नबिल बैंकको निक्षेप संकलन ९.३६ प्रतिशतले बढेर तीन खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ। एनआइसी एशिया बैंकको ८.९९ प्रतिशतले बढेर तीन खर्ब २१ अर्ब रूपैयाँ पुगेको छ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
लोकप्रिय बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
लोकप्रिय चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
Comments