
अनेरास्ववियुको नेतृत्व चयन
लामिछाने, बडाल, योञ्जन, विक र निरौला कसले मार्छ बाजी ?
- फाल्गुन ४, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
नेकपा एमाले निकट भातृसंस्था अनेरास्ववियुको नेतृत्व चयनका लागि प्रज्ञा भवन काठमाडौंमा मतदान भै रहेको छ ।
२ फागुनदेखि चलिरहेको २३औं महाधिवेशनबाट नयाँ नेतृत्वमा पुग्न ५ जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदका लागि आरसी लामिछाने, समिक बडाल, याङ्छु योञ्जन, मोती विक र लोकेश निरौलाको उम्मेदवारी परेको छ ।
चार उपाध्यक्षका लागि १७ जनाको प्रतिस्पर्धा भएको छ । महासचिव पदका लागि पनि पाँच जना बीच नै प्रतिस्पर्धा छ ।
सुदर्शन सिवाकोटी, भाष्कर खनाल, नरेश रोकाया, उमेश आचार्य र कल्पना वाइवा महासचिव पदका लागि प्रतिस्पर्धामा छन् । १० सचिव पदका निम्ति ५८ जनाको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा पनि पाँच जना नै उम्मेदवार छन् । संगम अर्याल, सुजन कार्की, प्रज्वल फुँयाल र प्रदीप बीसीले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । चुनावी मैदानम उत्रिएका उम्मेदवार संख्या ६१४ रहेको छ ।
अहिले ४२ मत केन्द्रबाट मतदान भइरहेको छ । आजै नतिजा आउनेछ । यो महाधिवेशनमा १५ सय ८८ प्रतिनिधि छन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
लोकप्रिय बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
लोकप्रिय चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
Comments