
प्रतिनिधि सभालाई महाभियोगको प्रस्ताव ब्युँताउने अधिकार दिइयो
- फाल्गुन ४, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
कुनै व्यक्तिविरूद्धको महाभियोग टुङ्गो नलाग्दै प्रतिनिधि सभाको कार्यकाल अन्त्य भएमा त्यस्तो महाभियोग ब्युँताउने वा नब्युँताउने भन्ने अधिकार प्रतिनिधि सभाले प्राप्त गरेको छ।
प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिले त्यस्तो अधिकार प्रतिनिधि सभालाई दिने सहमति जुटाएको हो। पूर्वसभामुख एवं एमाले सांसद सुवास नेम्वाङले महाभियोगको प्रस्ताव ब्युँताउने वा नब्युँताउने भन्ने निर्णय गर्ने अधिकार सभालाई दिन प्रस्ताव गरेका थिए।
’महाभियोग बाँकी रहेमा नयाँ प्रतिनिधि सभाले आवश्यक निर्णय गर्नेछ भन्ने वाक्याशं राखौं,’ नेम्वाङले बैठकमा प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा नियमावली मस्यौदा समितिले सहमति जनाएको थियो।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
लोकप्रिय बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
लोकप्रिय चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
Comments