बेथितीको पराकष्ट
एअरपोर्टमा यात्रु ठग्ने पसलेहरु कार्वाहीमा

- फाल्गुन ४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सञ्चालित ९ वटा यात्रु ठग्ने पसलहरु कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा ती पसलेहरुले ठगेको पाइएको हो । हवाई यात्रुसँग एमआरपी भन्दा तीन गुणा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ ।


विभागका अनुसार कसुरका आधारमा २ देखि ३ तीन लाख रुपैयाँ जरिबाना गरिएको छ । ९ वटा पसललाई कारबाही गरेर १५ लाख रुपैयाँ असुली गरिएको विभागले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर