
अकुत सम्पत्ति आर्जन
सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक भन्सार अधिकृत केसी मुछिए भ्रष्टाचार मुद्दामा
- फाल्गुन ४, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमडौं ।
वैधानिक आम्दानी र खर्चसँग तुलना गर्दा आयभन्दा रकमको स्रोत खुलाउन नसकेपछि भ्रष्टाचारको अभियोग लगाउँदै रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
केसीविरुद्ध २ करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको हो ।
आयोगका अनुसार, केसीसँग चल÷अचल सम्पत्ति गरी ५ करोड ६१ लाख २६ हजार ५ सय २ रुपैयाँ भेटिएको थियो । केसीको
आयोगको दाबीमा सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको छ ।

वैधानिक आयमा पारिश्रमिक बचत, प्रोत्साहन भत्ता पुरस्कार रकम, जग्गा बिक्री, कर्मचारी संचयकोषबाट लिएको कर्जा आय, स्वआर्जित घरबहाल आय, पैत्रिक घर बहाल आय, कृषि आय, अंशबण्डाबाट प्राप्त नगद, बीमा परिपक्व भइ प्राप्त गरेको रकम र बैंक ब्याजबाट प्राप्त रकम समेत गरी जम्मा ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँको मात्रै वैधानिक स्रोत भेटिएको दाबी आयोगको छ ।
आयोगले कैद तथा जरिवानाको सजाय समेत मागदाबी लिएको छ । जाँच अवधिमा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति केसीको बैंकमा मौज्दात रकम र श्रीमती सुशीला पण्डितको नाममा हाल कायम रहेका आंशिक स्रोत नपुगेको हिस्साको र जाँच अवधिपछि खरिद गरेका सम्पत्तिबाट समेत जफत÷असुलको माग आयोगको छ । आयोगले केसीकी श्रीमती पण्डितलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम सम्पत्तिमध्येबाट बिगो जफतको मागदाबी लिएको छ ।
भन्सार अधिकृत केसीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमतीको नाममा जग्गाहरू खरिद, घर निर्माण तथा बैंक खाताहरूमा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको दाबी आयोगको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
लोकप्रिय बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
लोकप्रिय चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
Comments