
राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने र पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा केन्द्रित निर्णायक वार्ता हुँदै
- फाल्गुन १२, २०७९ मा प्रकाशित

एमालेका अध्यक्ष ओलीले गरे अहिलेको सत्ता गठबन्धन तोडिने संकेत
कासिन न्यूज,
काठमाडौं ।
कांग्रेस सहितको बैठक राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने र पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा केन्द्रित निर्णायक वार्ता शुक्रबार हुँदैछ । जसका लागि सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहल गरिरहेका छन् । शुक्रबार नै प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सँग वार्ता गर्ने कार्यक्रम छ ।

त्यसअघि नेपाली कांग्रेससँग पनि वार्ताको तयारी पनि प्रधानमन्त्री दाहालको छ ।शुक्रबार बिहान कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने तयारी भइरहेको छ । बिहिबार माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले शुक्रबार कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको हो । बैठकले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूँताउने तयारीलाई औपचारिकता दिने नेताहरु बताउँछन् ।
२५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरु साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।
उता एमालेका अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धन तोडिने संकेत गरिसकेका छन् । उनले एमालेसमेत सहभागी वर्तमान सरकारले फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने भनेर गरेको निर्णय गलत भएको सार्वजनिक टिप्पणी गरिसकेका छन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
लोकप्रिय बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
लोकप्रिय चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
Comments