कांग्रेसलाई माछो आयो माछो आयो भ्यागुतो नबाउनु होला प्रधानमन्त्री ज्यू

- फाल्गुन १२, २०७९ मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।

नेपालको राजनीतिक हिसाबकिताबमा जोड घटाउको खेलोमा प्रफ्ेक्ट मानिएका म्याथम्याटिक्सका चतुर खेलाडीको उपमा पाएका सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जहिले पनि नेपाली राजनीतिलाई आफ्नै वरिपरी घुमाउन सक्ने क्षमता भएका राजनीतिक पुरुष हुन् ।
अहिले जसरी राजनीतिक दलका बरिष्ठ राजनेताहरुलाई दौडाई रहेका छन् । त्यसले नेपालको राजनीतिक भविष्य कसको हातमा रहेछ भन्ने कुराको राम्रै संकेत गर्छ ।राष्ट्रपतिको मनोनयन दर्ता हुनु एक दिन मात्रै बाँकी रहँदा बिहीबार प्रमुख सत्तारुढ दलहरु एमाले र माओवादी केन्द्रका नेतृत्वबीच कुनै छलफल भएन । एमाले अध्यक्ष केपी शर्मा ओलीले ७२औं जन्मदिन मनाउन र आफ्नै नाममा चलेको फुटबलमा समय बिताए ।


प्रधानमन्त्री प्रचण्ड भने नेपाली कांग्रेस नेतृत्वमा गठबन्धन बनाउन सक्रिय रहे । १० पुस अघिको पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठक अन्तिम समयमा स्थगित भएपनि प्रचण्ड द्विपक्षीय सम्वादमा दिनभर व्यस्त रहे । साँझ जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीका नेताहरुसँग प्रचण्डले सामुहिक छलफल गरेका थिए । यसले पनि कुनै पहलकदमी कदम उठाउन सकेन । दिनरात वार्ता र कफि गफ गर्दा शुक्रबार सम्म कुनै निष्कर्ष पुगेको संकेत आएको छैन् ।
कांग्रेस सहितको बैठक राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने र पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा केन्द्रित निर्णायक वार्ता शुक्रबार हुँदैछ । भन्ने सुनिन आएको छ । शुक्रबार हुने वार्ताले निष्कर्ष निकाल्यो भने कांग्रेसले आफनो पोल्टामा राष्ट्रपति पद पार्ने केही झिनो संकेत देखा पर्न थाले पनि माछो आयो माछो आयो भ्यागुतो हुने हो कि भन्ने एक प्रकारको डर कांग्रेसमा छँदै छ ।
प्रधानमन्त्री प्रचण्डमा डर र भयको राजनीति सिर्जित नभए पनि उमेरको उपजले होला । अहिले प्रधानमन्त्री प्रचण्डलाई सत्ता गुम्ने हो कि भन्ने ठूलो भयले छोएको छ । यता जाउँ एमाले अध्यक्ष ओलीको गनगन उता जाउँ कांग्रेस सभापति शेरबहादुर देउवाको गनगन ।
माथि भनिए झै राजनीतिको हिसाब किताबमा अब्बल रहेका प्रधानमन्त्री प्रचण्डलाई आफनै अंक गणितले डाँडो काट्ने हो कि भन्ने सन्त्रास मनमा पलाउँदै गएको भान पनि नेपाली राजनीतिको बजारमा गरिन थालिएको छ । २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते शनिबार मनोनयन दर्ताको कार्यक्रम रहेकाले दलहरु साझा उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् । तर साझा एजेण्डामा दलहरुको मेल हुन्छ त आज । यो पनि अर्को जटिल बिषय बनेको छ ।
उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन तोडिने संकेत गरिसकेका छन् । उनले एमालेसमेत सहभागी वर्तमान सरकारले फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने भनेर गरेको निर्णयलाई आधार मानेर सत्ता गठबन्धनबाट बाहिरीने संकेत गरेका छन् ।
जसै कांग्रेसले विश्वासको मत दिने र त्यसको बदलामा राष्ट्रपतिमा आफनो दलको दावी गर्यो । त्यस्तो शर्तमा सकारात्मक देखिएका प्रचण्डले विश्वासको मत पाउनु नै १० पुसको गठबन्धन संकटमा पर्ने प्रारम्भिक घटना हुन पुग्यो । कांग्रेसले विश्वासको मत दिएर प्रचण्डलाई आशावादी बनाउँदा ओलीले भने चिढ्याउने काम गरे पनि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई फकाउन कुनै कसर बाँकी राखेनन । किन कि प्रधानमन्त्री प्रचण्डको भित्री बानी नै पहिला चिढ्याउने पछि फकाउने ।
प्रधानमन्त्री प्रचण्डले राजनीति चरित्रमा आफूलाई सुकिलो बनाई राख्ने र सत्ता तावेदारी गरिरहने हो भने राष्ट्रपति पदका लागि कांग्रेसलाई समर्थन गर्नुको बिकल्प छैन् । किनकी अन्तिममा साथ दिने भनेको कांग्रेस नै हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर