राष्ट्रपतिको उम्मेदवारीको बिषयमा ‘हामी एउटै निर्णय गर्छौं, एकैठाउँमा उभिन्छौं ’ कांग्रेस महामन्त्री थापा

- फाल्गुन १२, २०७९ मा प्रकाशित


बैठकले सकारात्मक सन्देश दिएको नेताहरुले बताए

कासिन न्यूज,
काठमाडौं

राष्ट्रपतिको उम्मेदवार बारे चार दल बिच भएको बैठकले सकारात्मक सन्देश दिएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा छलफल भएको थियो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले विभिन्न विकल्पबारे छलफल भएको बताए । आ–आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बस्ने भन्दै उनले भने, ‘हामी एउटै निर्णय गर्छौं, एकैठाउँमा उभिन्छौं ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर