
राष्ट्रपति कांग्रेसले नै लिने पक्का जस्तै
- फाल्गुन १२, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
बालुवाटारमा भएको चार दलको बैठकमा दलहरु लगभग सहमति नजिक पुगेका छन् । राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी रहेकोमा राष्ट्रपति कांग्रेसलाई पनि भित्री सहमति भएको खुल्न आएको छ ।
उपराष्ट्रपतिमा भने जनता समाजवादी पार्टी जसपाले दावी गरेकोमा उसैले पाउने लगभग पक्का छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दियो ।
बैठकमा एकीकृत समाजवादीले राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने माग गरेको भएपनि माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्ने आफूहरुको कुनै शर्त नभएको माओवादी नेताहरुले बताएका छन् ।
कांग्रेस नेताहरुले भने आफ्नो दलले राष्ट्रपति छाडेर सहमति हुन नसक्ने बताएका छन् । ‘साँझ ५ बजे हामी फेरि बस्छौं, राष्ट्रपति कांग्रेसले नै लिने पक्का जस्तै छ’ एक नेता भन्छन् । उनका अनुसार उपराष्ट्रपति भने जसपाले पाउनेछ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
लोकप्रिय बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
लोकप्रिय चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
Comments