राष्ट्रपति एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएका छौं एमाले अध्यक्ष ओली

- फाल्गुन १२, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

पुरानो गठबन्धन व्यूतिने तयारी रहेको बेला शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताएका छन् । शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘भोलि मनोनयन हुन्छ ।’ एमालेले आफ्नै उम्मेदवार उठाउँछ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘एमालेको हुन्छ भनेर पुस १० गते नै टुंगो लगाएका छौं ।’
तर गठबन्धनमा त खटपट देखिएको छ नि भन्ने प्रश्नमा उनले अरु घटनाक्रम थाहा नभएको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर