राष्ट्रपतिको योग्य उम्मेदवार बन्दै कांग्रेसका बरिष्ठ नेता पौडेल
- फाल्गुन १३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राजनीतिक समाजमा राष्ट्रपति को बन्ने भन्ने चर्चा शुक्रबार साँझ देखी सेलाएको छ । राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय अरू सात दलले शुक्रबार साँझ नै गरिसकेका छन्। वर्तमान सत्ता गठबन्धनको नेतृत्वको गरिरहेको नेकपा (माओवादी केन्द्र), सरकारमा रहेको जनमत पार्टीसहित सरकारलाई विश्वासको मत दिएका जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र सरकारलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चाले पनि कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका हुन्।
राष्ट्रपतिको उम्मेदवार तय गर्न कांग्रेसले भोलि बिहान साढे ८ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाको दाबी छ ।
कपितयले सभापति शेरबहादुर देउवा राष्ट्रपति बन्न सुझाएका छन् । तर उनले अहिलेसम्म कुनै रुची देखाएका छैनन् । एक नेता भन्छन्, ‘उहाँले नै चाहनुभयो भने त सजिलै सहमति जुट्छ, तर अहिलेसम्म उहाँले आफू उम्मेदवार बन्ने संकेत समेत गर्नु भएको छैन ।’
त्यसैले पौडेल उम्मेदवार हुने छन् । कांग्रेसका शीर्ष नेताहरुका अनुसार कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम करिब टुंगिए जस्तै हो ।
सभापति देउवासहित संस्थापन पक्षका सबैजसो नेता पौडेलको पक्षमा रहेको नेताहरु बताउँछन् ।
संसदीय दलको निर्वाचनका क्रममा पौडेललाई वचन दिएका कारण पनि देउवा दबावमा छन् । १४औं महाधिवेशनमा तटस्थ रहेर देउवालाई सहयोग गरेका पौडेल संसदीय दलको चुनावमा प्रस्तावक नै बसेका थिए । देउवा पक्षका केही नेता राष्ट्रपति बनाउने प्रतिवद्धता जनाएपछि मात्र पौडेल देउवाको समर्थन बसेको नेताहरु बताउँछन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments