
रामचन्द्र पौडेललार्ई राष्ट्रपतिको उम्मेदवार बनाउन कांग्रेसको बैठक केन्द्रिय कार्यालयमा बस्दै
- फाल्गुन १३, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरू आएपछि सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार बिहान चहलपहल देखिएको छ।
राष्ट्रपतिको उम्मेदवार छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले केहीबेरमा बस्न लागेको छ। बिहान साढे ८ बजेका लागि बैठक बोलाइको भए पनि नेताहरू आउने क्रम जारी रहेकाले बैठक सुरू हुन ढिला भएको हो।
पुस १० गते सात दल मिलेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि कांग्रेस सत्ताबाट बाहिरिएको थियो। त्यसयता कांग्रेस सभापति देउवा पार्टी कार्यालयमा आएका थिएनन्। अरू पदाधिकारीको बैठक सानेपामा हुने गरेको भए पनि देउवा भने अनुपस्थित हुने गरेका थिए।
मंसिर ४ मा भएको चुनावबारेको समीक्षा बैठक पनि देउवाले टारेका थिए। यसबीचमा उनी महत्वपूर्ण बैठक धुम्बाराहीस्थित निजी निवासबाट सञ्चालन गर्थे। पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठक देउवाले तीन पटक स्थगित गरेका थिए।
राष्ट्रपतिमा अरू सात दलले पनि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि देउवा पार्टी कार्यालय फर्किएका हुन्।
शनिबार बस्ने बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेललाइ राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्नेछ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
लोकप्रिय बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
लोकप्रिय चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
Comments