
प्रदेश/ राजनीति
पुस १० गतेको राजनीति क्र्यासमा परेका कांग्रेसका पाण्डे गण्डकीको मुख्यमन्त्री बन्ने सम्भावना बलियो
- फाल्गुन १४, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
केन्द्रमा नयाँ गठबन्धन बनेसँगै गण्डकीमा पनि मुख्यमन्त्री खगराज अधिकारीको नेतृत्वको नेकपा एमाले सरकार धर्मरीने अवस्थामा पुगेको छ । ५ दलीय गठबन्धनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को क्षेत्र गोरखा– २ (२)बाट निर्वाचित सुरेन्द्र पाण्डे अब नयाँ मुख्यमन्त्री बन्ने पक्काजस्तै देखिएको छ ।
चितवनबाट गोरखा चुनाव लड्न आइपुगेका प्रचण्डले सुरुदेखि नै सुरेन्द्रलाई मुख्यमन्त्री बनाउने सार्वजनिक रुपमै बताउँदै आएका थिए । तर, केन्द्रमा सत्ता समीकरण बदलिँदा मुख्यमन्त्रीको कुर्सी नजिक पुगेर पनि सुरेन्द्र प्रतिपक्षी दलको नेता भएका थिए । अब भने नेपाली कांग्रेस नेतृत्वको सरकार बन्ने भन्दै उनी उत्साहित छन् ।
पाण्डेले केही समयअगाडि नै अहिलेको गठबन्धन नटिक्ने र संघ तथा प्रदेशका सरकार बदलिने बताएका थिए । अहिलेको गठबन्धन नटिक्ने पहिले संकेत पाएका पाण्डे भन्छन् , यो सरकार ढल्छ र कांग्रेसबाट म मुख्यमन्त्री बन्छु ।
‘केन्द्रकै राजनीतिमा खाइखेली गरेर प्रदेश झरेको मान्छे केन्द्रमा केके हुन्छ भन्ने संकेत त पाइहाल्छु । भन्दै पाण्डेले प्रचण्डकै क्षेत्र र त्यसमा प्रचण्डसँग पनि नजिक भएकाले धेरै कुरा थाहा पाएको थिएँ,’ ‘अब प्रदेश पनि संवैधानिक व्यवस्थाअनुसार प्रक्रिया अगाडि बढ्छ ।’
पुस १० गते मुख्यमन्त्री बन्न तम्तयार भएर काठमाडौंबाट पोखरा जहाजमा उडेका पाण्डे पोखरा आउनेबित्तिकै केन्द्रमा माओवादी, एमालेलगायतको सत्ता समीकरण बदलिएको जानकारी पाएका थिए । त्यसको भोलिपल्ट पाण्डेले भनेका थिए, ‘म काठमाडौंबाट जहाजमा सकुशल पोखरा अवतरण भएँ तर राजनीति क्र्यास भयो ।’

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
लोकप्रिय बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
लोकप्रिय चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
Comments