
प्रधानमन्त्री पुष्पकमल दाहाल बिरालो हुन्- पिलो निचोर्दैमा ओजन घट्दैन > एमाले अध्यक्ष ओली
- फाल्गुन १४, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोको संज्ञा दिएका छन् । ‘ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन,’ आइतबार राजधानीमा आइतबार एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने ।
उनले आफूले ८० सिट हुँदा पनि पदको लोभ नगरेको तर प्रचण्डले ३२ सिट भएर पनि पदका लागि लोभ गरेको आरोप लगाए
‘पिलो निचोर्दैमा ओजन घट्दैन’ उनले भने, ‘टुप्पाको पात हो भनेर फुर्ति लगाए पनि झरेपछि त्यो मल नै हुने हो । को त्यसरी बिस्तारै झरिरहेको छ, तपाईंहरूले देखिरहनु भएकै छ ।’
अध्यक्ष ओलीले विदेशी शक्तिले आफूलाई लखेटिरहेको बताए । ‘विदेशी शक्ति र देशका प्रतिक्रियावादीहरूबाट सबैभन्दा म बढी लखेटिएको छु,’ उनले भने ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
लोकप्रिय बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
लोकप्रिय चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
Comments