रामचन्द्र पौडेलजीलाई राष्ट्रपति उम्मेदवार बनाएका छौ , उहाँ नै मुलुकको तेस्रो राष्ट्रपति बन्नुहुन्छ > एस अध्यक्ष नेपाल
- फाल्गुन १५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
सुर्खेत ।
सोमबार बिहान मात्रै प्रधानमन्त्रीजीसँग भेट भयो । उहाँ भन्दै हुनुहुन्थ्यो तपाईंलाई पहिले नै सरकारमा सहभागी गराउन कति चाहेको थिएँ तर हुँदै भएन,’ नेकपा एकीकृत समाजवादी एस का अध्यक्ष माधवकुमार नेपालले भने, ‘हो पनि हामीलाई कसैले बेवास्ता गरेर यो मुलुक चलाउँछु भन्ने ठान्छ भने त्यो समयमै सचेत भएर चलोस् । हामीलाई कसैले पनि माइनस, मिनिमाइज गर्न सक्दैन ।’
आफूलाई बेवास्ता गरेर कसैले मुलुक चलाउन नसक्ने बताएका छन् । सुर्खेत विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले अहिले आएर आफूहरुको महत्व बुझेको टिप्पणी गरे । नेपालले राष्ट्रपति निर्वाचनका लागि गरिएको आठ दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने दावी समेत गरे । ‘आँट भएका, विचार भएका दलहरू एक ठाउँमा छौँ । यो गठबन्धन टिक्छ, चुनावसम्म नै जान्छ’, उनले भने, ‘आफू विचारमा दृढताका साथ उभिने हो । चुनौतीको सामना गर्ने हो । अझै भन्नु हुन्छ भने राजनीतिको कोर्स नै चेन्ज गरिदिने हो ।’
अध्यक्ष नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नै राष्ट्रपतिमा विजयी हुने बताए । ‘रामचन्द्र पौडेलजीलाई राष्ट्रपति उम्मेदवार खडा गरेका छौँ । उहाँ नै मुलुकको तेस्रो राष्ट्रपति बन्नुहुन्छ,’ नेपालले भने ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग वार्ता गरेपछि तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण भएको स्थिति २०७५ को दिशामा फर्काउन सकिन्छ कि भनेर पहल गरे पनि सफल नभएको नेपालले बताए ।
उनले भने, ‘केपीजीले हामीसँग वार्ता गरेपछि हामीले ०७५ को दिशामा फर्काउन सकिन्छ कि भनेर पहल थालेका थियौं । तर त्यसो हुन सकेन ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments