
कांग्रेसको नेतृत्वमा आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने
- फाल्गुन १५, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कार्यदलको पहिलो बैठक सोमबार बसेको थियो । राष्ट्रपति निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउन आठ दलका नेता सम्मिलित कार्यदल आइतबार बनेको थियो ।
कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने भएको छ । आठ दलीय गठबन्धनको कार्यदलले सोमबार बसेको बैठकले १८ गते काठमाडौंमा उपलब्ध सांसदको भेला गर्ने निर्णय पनि गरेको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् । त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँन लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन् ।
२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । सो निर्वाचनमा ८ दलको साझा उम्मेदवार पौडेल रहेका छन् भने एमालेले नेता सुवासचन्द्र नेम्बाङलाई उठाएको छ । संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यले राष्ट्रपति निर्वाचनको मतदाता हुन्छन ।
राष्ट्रपति निर्वाचनको अघिल्लो दिन (फागुन २४) संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यदलको बैठकले निर्णय गरेको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
लोकप्रिय बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
लोकप्रिय चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
Comments