
वरिष्ठ नेता पौडेललाई भोट माग्दै सभापति देउवाको पत्र अध्यक्ष ओलीलाई को मा पुग्यो
- फाल्गुन १६, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन्।
एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेकै दिन सोमबार देउवाले ओलीलाई पत्र पठाएका हुन्।
राष्ट्रपतिमा पुस १० को सहमति अनुसार नेकपा माओवादीले आफूहरूलाई सहयोग नगरेको भन्दै एमालेले सरकार छाडेको थियो।सभापति देउवाले लेखेको पत्र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोटस्थित निवास पुगेर ओलीलाई बुझाइसकेका छन्।
‘सभापतिज्यूले लेख्नुभएको पत्र मैले एमाले अध्यक्ष ओलीजीलाई घरमै पुगेर उहाँको हातमा राखेर आएको हुँ,’ मुख्यसचिव पौडेलले कासिन न्यूजलाई सँग कुराकानी गर्दैै भने, ‘राष्ट्रपतिमा हाम्रा उम्मेदवार पौडेलजीलाई सहयोग गर्न सभापतिज्यूले पत्रमा उल्लेख गर्नुभएको छ।’
देउवाले पत्रमा ‘लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौं ियो अभ्यासले समाजलाई सु–संस्कृत सन्देश दिन सक्नुपर्छ ित्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु, राष्ट्रपति पदमा रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु ।
गत शनिबार राष्ट्रपतिमा कांग्रेससहित ८ दलको समर्थनमा नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गरेका थिए भने एमालेबाट नेता सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
लोकप्रिय बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
लोकप्रिय चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
Comments