कांग्रेस उपसभापति खड्का सँग जोडिएको लालीगुराँस

- फाल्गुन १६, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का कम बोल्ने र रिर्जभ टाइपको व्यक्तिको रुपमा बाहिरी राजनीति बृत्तमा चिनिने गरिएका छन् ।
नेपाली कांग्रेसको राजनीतिमा स्व सन्त नेता कृष्ण प्रसाद भट्टराईको पूर्ण स्कूलिङमा  राजनीतिक यात्रा तय गरेका उपसभापति खड्का प्राय जसो बिवादको घेराबाट बाहिरै रहन चाहने गर्छन् ।
तीनैै खड्काले सोमबार साँझ सामाजिक सञ्जालमा लेखे– पुस १० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएकोछ। अब मेरो दाबी कुनै कुरामा छैन।मेरो नाम अरूसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरी दिनुहोस्। सबैमा अनुरोध।
राजनीतिक यात्रामा अहिले सभापति शेरबहादुर देउवाको एउटा हस्तिको रुपमा उपस्थित भएका उपसभापति खड्काले तत्कालीन गठबन्धन भत्काउने देखी नयाँ गठबन्धन बनाउने सम्म काममा दिनरात खटिएका थिए । खड्का अहिले कांग्रेस सभापति शेरबहादुर देउवासँग निकै नजिक छन्। कांग्रेस प्रजातान्त्रिक हुँदै देउवासँग निकट भएका अरू नेताहरूको देउवासँग दूरी बढेका बेला खड्काले पछिल्लो समय देउवासँग झन् नजिक भएर काम गरिरहेका छन्।देउवाले पनि खड्कालाई निकै भरोसा गर्छन्।


देउवा प्रधानमन्त्री हुँदा गठबन्धनका हरेक बैठकमा खड्का छुट्दैनथे। देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ को चुनावपछि प्रधानमन्त्रीको कार्यकाल २ र ३ वर्ष बाँड्ने सहमति गर्दा खड्का मात्रै प्रत्यक्षदर्शी थिए।
पुरानो गठबन्धन ब्युँतिएसँगै अब कांग्रेस सरकारमा जाने तयारीमा छ। कांग्रेसका केही नेताहरू मन्त्री हुने दौडमा रहेका बेला खड्काले भने आफू फेरि मन्त्री नहुने पुरानो प्रतिवद्धता दोहो¥याएका हुन् । उनले आफू अब मन्त्री नहुने बताए। खड्का पछिल्लो १८ वर्षयता मन्त्री छैनन् । त्यसअघि भने उनले पटक–पटक गरी ७ पटक गृहसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
खड्का २०५५ वैशाख देखि २०५५ भदौसम्म युवा, खेलकुद तथा संस्कृति र जनसंख्या तथा वातावरण मन्त्री भएका थिए। २०५५ पुस १० देखि २०५६ जेठ १६ सम्म उनी वाणिज्य, युवा तथा खेलकुद तथा संस्कृति मन्त्री बनेका थिए।
२०५६ जेठ १७ देखि २०५६ असार १५ गतेसम्म सूचना तथा सञ्चार र उद्योग मन्त्री भएका खड्का २०५६ असार १६ देखि २०५६ चैत ७ गतेसम्म उनी गृहमन्त्री भएका थिए।
२०५८ कात्तिक २ देखि २०५९ असोज २५ गतेसम्म उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए। खड्का २०६१ असार २१ देखि २०६१ माघ १९ गतेसम्म पनि गृहमन्त्री थिए।
खड्का ‘म जीवनमा धेरै पटक मन्त्री भएँ, आजदेखि मन्त्री बन्दिनँ, अरूलाई मन्त्री बनाउने अभियानमा लाग्छु भनेको थिएँ।’
‘मन्त्रीभन्दा माथि भगवान, मेरो भाग्य तथा जनताको आशिर्वाद! ‘म अहिले पनि उनी यही कुरामा दृढ छन् ।
आफ्नो गृहजिल्ला सुर्खेतका कांग्रेस नेता, कार्यकर्तालाई खड्काले आफ्नो दृष्टि अब कांग्रेस सभापति हुँदै प्रधानमन्त्री बन्नेमा रहेको बताउने गरेका छन्। खड्का कांग्रेसको १५ औं महाधिवेशनमा सभापति उठ्ने तयारीमा रहेको उनी निकटहरू दाबी गर्छन्। चार वर्षपछि कांग्रेसको महाधिवेशन हुँदैछ। १४ औं महाधिवेशनमा खड्का उपसभापतिमा निर्वाचित भएका थिए।
खड्का अड्कलेर बोल्छन्। प्रायः खुलेर लामो समय कुराकानी नगरे पनि विषयवस्तुलाई खड्काले छोटकरीमा सरल ढंगबाट बुझाउँछन्।
२०४४ देखि २०४८ सम्म कांग्रेस सुर्खेत सभापति रहेका खड्का केन्द्रीय राजनीतिमा सक्रिय छन्। २०४८ देखि लगातार सुर्खेतबाट चुनाव जित्दै आए पनि २०७४ मा पराजित भएका थिए । उनी गत मंसिरमा फेरि सुर्खेत १ बाट निर्वाचित भएका थिए।
राजनीतिक परिस्थिति बदलिएका बेला तथा गठबन्धनका बैठकले महत्वपूर्ण निर्णय गर्दा ट्वीट र फेसबुकबाट पनि आफ्ना कुरा राख्ने गर्छन्। रोचक के छ भने उनले आफ्ना कुरासँगै सधैं लालीगुँरासको थुंगासमेत पोस्ट गर्ने गरेका छन्।
आफनो हरेक पोस्टमा लालीगुँरास किन लालीगुँरास राख्छन भन्ने मानिसहरूलाई जिज्ञासा लाई भने उनी यसबारे थप व्याख्या चाहदिंन , किन राखेको मैले आफैंलाई त व्याख्यासहित भनेको छैन!’अरुलाई के भनौ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर