
शनिवारको खुराक
पुरुषमा यौनेच्छाको कमी हुन्छ भन्ने कुरा गलत
- चैत्र ११, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
बढ्दो उमेरसँगै धेरै पुरुषमा यौनेच्छामा कमी हुँदै जान्छ भन्ने कुरामा विभिन्न तर्कहरु आईरहेका हुन्छन् । स्वास्थ्य विज्ञहरूका अनुसार यो कुनै गम्भीर समस्या भने होइन। यदि कुनै व्यक्तिले आफ्नो यौनेच्छा बढाउन चाहन्छ अहिले प्राकृतिक तरिकाले पनि सही नतिजा प्राप्त गर्न सकिन्छ।

मानवजातीको व्यस्त जीवन र कामको दबावका कारण उत्पन्न हुने तनाव, व्यक्तिगत सम्बन्धमा समस्या, स्वास्थ्यसँग सम्बन्धित समस्या, बुढेसकालमा यौनचाहना घट्नुको प्रमुख कारण मानिन्छ। यौनचाहना बढाउन पुरुषहरू प्रायः औषधि प्रयोग गर्छन्। त्यसैले प्राकृतिक विधिबाट पनि यौनशक्ति बढाउन सकिन्छ।
स्वस्थ खानेकुरा
यदि तपाईँ आफ्नो दैनिक जीवनमा स्वस्थ आहार लिनुहुन्छ भने यसले यौनेच्छा बढाउँछ। दैनिक खानेकुरामा हरियो सागपात तथा हरियो तरकारी र प्रोटिनयुक्त खानेकुरा दैनिकरूपमा आफ्नै भोजनमा समावेश गर्न सकियो भने यौनेच्छामा कमी आउने समस्याबाट समाधान निस्किन्छ।
तनाव व्यवस्थापन
हरेक मानिसको जीवन अलग–अलग समयमा कुनै न कुनै तनावसँग जुधिरहेको हुन्छ। यस्ता तनावका वेला आफूलाई शान्त राख्न जरुरी हुन्छ। धेरै चिन्ताले यौनचाहना घटाउन सक्छ। खराब अवस्थामा आफूलाई चिन्तामुक्त राख्ने बानी बनाउनुपर्छ जसले यौनचाहना कम हुने समस्या हटाउन सहयोगी हुन्छ।
आठ घण्टा राम्रो निद्रा
राम्रो निद्रा कैयौँ बिरामीको रामवाण उपचार हो। यसको गहिरो सम्बन्ध यौनेच्छा पनि हो। सन् २०१५ मा गरिएको अनुसन्धानअनुसार यदि राति कम्तीमा आठ घण्टा सुत्नुहुन्छ भने, यसको सकारात्मक प्रभाव यौन जीवनमा पनि देखिन्छ।
तौल बढ्न नदिने
वैज्ञानिकहरूले मोटोपनालाई यौनको कम चाहनासँग जोड्छन्। धेरै तौलको भएकाहरूमा ‘टेस्टोस्टेरोन’ हर्मोनको कम हुने जोखिम छ। टेस्टोस्टेरोन हर्मोनको घटबड भयो भने यौनेच्छामा कमी आउन सक्छ। त्यसैले अधिक मोटोपनबाट जोगिनुपर्छ।
हर्बल उपचार
पुरुषको यौनेच्छा बढाउन जडिबुटी उपचार कत्तिको प्रभावकारी हुन्छ भन्ने बारेमा धेरै कम अनुसन्धान भएको छ। यति हुँदाहुँदै पनि कति फाइदा हुन सक्छन्।
नियमित व्यायाम
दैनिकरूपमा व्यायामलाई प्राथमिकता दिँदायौनचाहना बढाउन मद्दत गर्छ। सन् २०१५ मा टेस्टोस्टेरोनको मात्रा कम भएका पुरुषमा गरिएको अध्ययनअनुसार नियमित व्यायाम गर्नेहरूमा कामवासना बढेको थियो।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
लोकप्रिय बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
लोकप्रिय चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
Comments