
प्रधानमन्त्री दाहाल प्रति संकेत गर्दै मति बिग्रेको छ, मति सप्रिन्छ कि भनेर मौका दिएको केही लागेन – एमाले अध्यक्ष ओली
- चैत्र १२, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
आइतबार मिसन ग्रासरुट अभियानअन्तर्गत अर्घाखाँचीको कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै मति बिग्रेको छ, मति सप्रिन्छ कि भनेर मौका दिएको बताएका छन् ।
‘दुईतिहाइका पार्टी फुटाए। फेरि अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो। मति बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो। तर, त्यसका बाबजुद हामीले देख्यौँ सरकार बनाएको भोलिपल्टबाट मैले हेरेँ चालमाल ठिक छैन। सरकार ढाल्न लागिरहेको छ,’ उनले भने।
अध्यक्ष ओलीले सरकार ढाल्ने खेल खेलेपछि आफूहरूले देशलाई समृद्ध नेपाल र सुखी नेपाल बनाउने संकल्प गर्नैपर्ने बताए। अध्यक्ष ओलीले दुईतिहाइको पार्टी फुटाइएको बताए।
‘हामीले मिहिनेतले झण्डै दुईतिहाइका स्थिति बनायौँ। हामीलाई अहिले हटाइयो जालझेल गरेर। आवश्यकता एकतिर थियो। तर, संसदको अंकगणित गलत ढंगले प्रयोग गरेर हटाइयो। तर, हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन, हामी सिंहदरबारको मूल ढोकाबाट फेरि सिंहदरबार फर्किन्छौँ भन्ने मैले हामीलाई हटाउने बेलामा भनिएको थियो,’ उनले भने।
अध्यक्ष ओलीले दुईतिहाइको पार्टी विभाजन गर्दा आफूले विभिन्न ठाउँबाट नेपालभित्र छौँडा नखेलाऊँ भनेको विषय स्मरणसमेत गरे।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
लोकप्रिय बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
लोकप्रिय चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
Comments