•  ४ श्रावण २०८३, सोमबार

प्रधानमन्त्री दाहाल प्रति संकेत गर्दै मति बिग्रेको छ, मति सप्रिन्छ कि भनेर मौका दिएको केही लागेन – एमाले अध्यक्ष ओली

- चैत्र १२, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आइतबार मिसन ग्रासरुट अभियानअन्तर्गत अर्घाखाँचीको कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै मति बिग्रेको छ, मति सप्रिन्छ कि भनेर मौका दिएको बताएका छन् ।
‘दुईतिहाइका पार्टी फुटाए। फेरि अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो। मति बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो। तर, त्यसका बाबजुद हामीले देख्यौँ सरकार बनाएको भोलिपल्टबाट मैले हेरेँ चालमाल ठिक छैन। सरकार ढाल्न लागिरहेको छ,’ उनले भने।
अध्यक्ष ओलीले सरकार ढाल्ने खेल खेलेपछि आफूहरूले देशलाई समृद्ध नेपाल र सुखी नेपाल बनाउने संकल्प गर्नैपर्ने बताए। अध्यक्ष ओलीले दुईतिहाइको पार्टी फुटाइएको बताए।
‘हामीले मिहिनेतले झण्डै दुईतिहाइका स्थिति बनायौँ। हामीलाई अहिले हटाइयो जालझेल गरेर। आवश्यकता एकतिर थियो। तर, संसदको अंकगणित गलत ढंगले प्रयोग गरेर हटाइयो। तर, हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन, हामी सिंहदरबारको मूल ढोकाबाट फेरि सिंहदरबार फर्किन्छौँ भन्ने मैले हामीलाई हटाउने बेलामा भनिएको थियो,’ उनले भने।
अध्यक्ष ओलीले दुईतिहाइको पार्टी विभाजन गर्दा आफूले विभिन्न ठाउँबाट नेपालभित्र छौँडा नखेलाऊँ भनेको विषय स्मरणसमेत गरे।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments