
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त १२औं तहमा डा देवकोटा र डा. बाराकोटी
- चैत्र १४, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहमा दुई जना बढुवा भएका छन्। सरकारले डा. विकास देवकोटा र डा टंक बाराकोटीलाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार मन्त्रिपरिषदको बैठकले केही समयअघि बढुवा सिमितिले सिफारिस गरेका तीन जनामध्ये डा देवकोटा र डा बाराकोटीलाई बढुवा गर्ने निर्णय गरेको जानकारी दिए।
मन्त्रिपरिषदले निर्णय गरे पनि उनीहरुले अहिलेसम्म पत्र भने बुझिसकेका छैनन्।
मन्त्रालयको रिक्त १२ औं तहका लागि २१ जनाले आवेदन दिएका थिए। तीमध्ये बढुवा समितिले डा देवकोटा, डा बाराकोटी र डा श्रीकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो।
१२औं तहमा बढुवा भएकामध्ये डा देवकोटा हाल लुम्बिनी स्वास्थ्य मन्त्रालयको सचिवका रुपमा कार्यरत छन् भने डा बाराकोटी प्रदेश अस्पताल भद्रपुरमा कार्यरत छन्।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
लोकप्रिय बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
लोकप्रिय चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
Comments