प्रहरी नजर
ह्वाट्स एपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानल मार्फत ठग्ने गिरोह प्रहरीको फन्दामा

- चैत्र १५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

साइबर अपराध गरेको आरोपमा हत्कडीसहित बाहिर ल्याइएका चिनियाँ नागरिकहरुले प्रहरी कार्यालय अगाडि सुतेर विरोध जनाएका थिए । तस्वीर खिच्न खोज्नेलाई समेत दुव्र्यवहार गर्न खोजेका थिए । चिनियाँ भाषामा बोलेकाले उनीहरुले के भने भन्ने त बुझिएन । तर, अन्तिममा एक जनाले ह्वाई (किन ?) भन्दै प्रश्न गरेको बुझिन्थ्यो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले यस्तो अपराधमा संग्लन १९ जनालाई पक्राउ गरेको जसमध्ये ९ जना चिनियाँ नागरिक रहेका छन् । यिनिहरुले काठमाडौंको महादेवखोला र चण्डोलमा कार्यालय राखेर साइबर अपराध गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिँदै उनीहरुलाई सञ्चारकर्मीमाँझ सार्वजनिक गर्दा चिनियाँ नागरिकले विरोध जनाए ।

प्रहरी कार्यालयका एक अधिकृतका अनुसार पक्राउ परेर हत्कडी लगाएपछि उत्तेजित हुने चिनियाँ नागरिकको पुरानै व्यवहार हो । ‘पहिले पनि पक्राउ परेका बेला प्रहरी र अरुलाई आक्रमण गर्न खोजेको देखिएकै हो’, ती अधिकृतले भने, ‘मार्सल आर्ट्स सिकेका चिनियाँले प्रहरीलाई सधैं हैरान पार्ने गरेका छन् ।’

२०७७ को वैशाख अन्तिमतिर स्वदेश फिर्तीको माग राख्दै प्रदर्शन गर्ने क्रममा पुगेका प्रहरीलाई चिनियाँले हातपात गरेका थिए । पछि प्रहरीले कुटपिटमा संलग्न चार चिनियाँ नागरिकलाई पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो ।
‘यसपालि पनि उनीहरुले आफूले केही नगरे जस्तो देखाएर सहानुभूति मात्रै बटुल्न खोजेका हुन्’, स्रोत भन्छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीका अनुसार ह्वाट्स एपमा अनलाइनमार्फत विजेनशमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै यो गिरोहले नेपाली नागरिकलाई ठगेको पाइएको छ ।

ह्वाट्स एपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानलमार्फत ठगी भएको भेटिएको उनले बताए । ‘पैसा हाले पश्चात सामान अनलाइनमार्फत बिक्री हुन्छ, त्यसवापत आउने फाइदाको रकम कम्पनीको खातामा रहनेछ र बिक्री गरेको १४ दिनमा मुनाफाको ३० प्रतिशतसहित रकम आउने भनिएको रहेछ’, केसीले भने, ‘यसरी नेपालीबाट लाखौं ठगिएको पाइएको छ ।’

पीडितले एनआईसी एसिया बैंकमा राजकुमार लामा, बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ र प्रयास भण्डारीको नाममा खोलिएको खातामा पैसा पठाएको भेटिएको छ । थप अनुसन्धान जिल्ला प्रहरी परिसर, काठमाडौंबाट हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर