उत्तर बोलेर, लेखेर होइन परिणाममा चाहियो – १२ प्रश्नको सहि उत्तर दिनुहोला
- चैत्र १६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानस्थलको व्यवस्थापन र सुधारका लागि आकस्मिक बैठक राखेका छन्।
विमानस्थलका उच्च अधिकारीहरूसँग मन्त्रीले अहिलेसम्म भइरहेका प्रगतिबारे परिणाममा जवाफ खोजेका छन्।
मन्त्री किरातीले यात्रुका ब्यागेज चोरिएको, समयमा जहाज नउड्नेदेखि विमानस्थलमा कुकुर र बाँदर पसेका विषयसम्म व्यवस्थापन पक्षसँग जवाफ मागेका छन्।
बैठकपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक बैठक बसी निम्न प्रश्नको जवाफ मागेको छु, अब उत्तर बोलेर, लेखेर होइन परिणाममा खोजेको छु।’
मन्त्री किरातीले उठाएको १२ प्रश्न
१, ब्यागेज चोरिएको घटनाहरू सत्य हो ?
२, अराइभलमा यात्रु लड्ने विद्युतीय भर्याङ्ग के हुँदैछ, कहिले सम्म बनिसक्छ ?
३, सरसफाइ अभियान के कस्तो चल्दै छ ?
४, समयमा जहाज उड्दैछ कि छैन ?
५, यात्रुमैत्री एयरपोर्ट बन्दै छ कि छैन ?
६, एयरपोर्टभित्र महङ्गी नियन्त्रण भयो कि भएन ?
७, ब्रेकबिनाको ट्रली फेर्ने काम कहाँ पुग्यो ?
८, शौचालय भित्र बजि रहेको सङ्गीत किन बन्द भयो ?
९, महिला शौचालयमा सेनिटरी प्याड राख्ने काम के भयो ?
१०, एयरपोर्ट अगाडिको ब्यूटिफिकेशन के भयो ?
११, एयरपोर्टभित्र कुकुर र बाँदर कसरी पस्यो ?
१२, एयरपोर्टभित्र वाईफाई प्रभावकारी किन चल्दैन ?
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments