राष्ट्रपति पौडेलको पछिल्लो स्वास्थ्य अवस्था सुधारोन्मुख
- चैत्र २०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बायाँ कोखा र पेटको भाग दुखेकोले राष्ट्रपति रामचन्द्र पौडेललार्ई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि भर्ना भएका थिए । राष्ट्रपति पौडेलको छाती, मुटु र पेटका विशेषज्ञसहितका चिकित्सक सम्मिलित एउटा टोली जाँच गरिरहेको उपचारमा संलग्न डा. नीरज बमले बताए । पौडेलको स्वास्थ्य अवस्था “सुधारोन्मुख रहेको” उक्त अस्पतालले जनाएको छ।
अस्पतालले राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आइतवार दिउँसो जारी गरेको स्वास्थ्यसम्बन्धी बुलेटिनमा उक्त कुरा उल्लेख गरिएको छ।
राष्ट्रपति पौडेल शनिवार साँझ उक्त अस्पतालमा भर्ना भएका थिए । पौडेलको उपचारमा संलग्न एक जना चिकित्सकका अनुसार उनलाई “साधारण संक्रमण भएको हुनसक्ने” शङ्का गरिएको छ तर परीक्षण जारी रहेकाले त्यसको पुष्टि भइसकेको छैन।
राष्ट्रपति पौडेलको पछिल्लो स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालको भनाइ छ।अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाले जारी गरेको वक्तव्यमा भनिएको छ, “स्वास्थ्य असहजता भइ अस्पताल भर्ना हुनु भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।”
शनिवार अस्पताल भर्ना भएका उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल आइतवार बिहान शिक्षण अस्पताल पुगेका थिए।
त्यस्तै पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले पनि आइतवार बिहान अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए।
बायाँ कोखा र पेटको भाग दुखेपछि पौडेल अस्पताल भर्ना भएको बुझिएको “हामीले उहाँलाई नसाबाट एन्टिबायोटिक औषधि दिएका छौँ। उहाँलाई आराम भइरहेको छ र स्वास्थ्य सुधार हुँदैछ।”
तर बमले भने, “हामी अहिले उहाँमा सक्रमण छ कि छैन भन्ने पत्ता लगाउने चरणमै छौँ। रिपोर्टहरू आएपछि मात्र भन्न सकिन्छ।”
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments